हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी | Khabarhub Khabarhub

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव पहिचान भएको बताएको छ।

गाजाको दक्षिणी सहर खान युनिसमा रहेको युरोपियन अस्पतालको नजिककै टनेलमा उनको शव भेटिएको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको हो।

आइडिएफले डिएनए परीक्षण गरेर सिनवरको शव पहिचान भएको बताए पनि यस बारेमा हमासले कुनै प्रतिक्रिया दिएको छैन।

४९ वर्षीय सिनवर १३ मेका दिन मारिएका हुन्। सोही दिन हमास नियन्त्रित नागरिक सुरक्षाले इजरायली आक्रमणबाट २८ जना मारिनुका साथै दर्जनौँ घाइते भएको जनाएको थियो। हमासका रफाह क्षेत्रका कमान्डर मोहम्मद साबेनह र सिनवरको शव एकै स्थानमा पाइएको पनि आइडिएफले जनाएको छ। साथै आइडिएफले अन्य शवको पनि पहिचान गर्ने प्रयास गरिएको जनाएको छ।

युरोपियन अस्पतालको प्राङ्गणमा नै खनेर तल झर्ने एउटा सुरुङ बनाइएको थियो। सोही सुरुङमा हमासका धेरै नेता बसोबास गर्ने गरेको जनाइएको छ। आइडिएफले हमासले आफ्नो सुरक्षाका लागि अस्पताल लगायतको क्षेत्रको आसपास नै यस्ता सुरुङ बनाउने गरेको जनाएको छ।

इजरायलले हमासलाई पूर्ण नियन्त्रणका लागि भनेर गरिएको आक्रमणमा धेरै जनाको ज्यान जानुका साथै अस्पतालमा रहेको स्वास्थ्यकर्मी तथा त्यहाँ उपचारका लागि जाने गरेको सर्वसाधारण समेत असुरक्षित छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी– पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

जलेश्वर– जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,