‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’ « Khabarhub

‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । 

गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुबान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए । 

‘प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएका छौँ’, वडाध्यक्ष थारुले भने,’अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हटेको छ ।’

उनका अनुसार, लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अव तटबन्धनमा तारजाली र ढुङ्गा विछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिए । 

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर एक सय ८० मिटर लामो तटबन्धन गरिएको छ । विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । 

यो तटबन्धनपछि अव वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ । तटबन्धनले राप्ती सोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ,ढकेरी र पम्पबजार डुबान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताए। 

उनले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अव नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताए । 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अव जनताले छुटकारा पाएको बताए । उनले राप्ती सोनारी गाउँपालिकामा भत्ता खोला जस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुवानमापर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गरे। रासस

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १२ : ०५ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै