वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव « Khabarhub

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले ७४ जना पदाधिकारी भएको केन्द्रीय समिति चयन गरेको छ ।

वाईसीएलले काठमाडौंमा भर्खरै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीको नेतृत्वमा ७४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गरेको हो ।

वाईसीएलको केन्द्रीय समितिमा २२ जना उपाध्यक्ष, एक जना महासचिव, १९ जना सहसचिव र ३१ सचिवहरू राखिएको छ । जसमध्ये उपाध्यक्ष र उपमहासचिवमा सबै पदाधिकारीहरू खुलातर्फ चयन भएका हुन् ।

वाईसीएलले ३१ सचिवमध्ये महिलातर्फ ५ र आदिवासीतर्फ ३ जनालाई राखेको छ । एक जना सहसचिव मधेशी-मुस्लिम-अल्पसंख्यकतर्फ चयन गरिएको छ । सुदूरपश्चिमबाहेकका प्रदेशबाट ६ जनालाई प्रदेशबाट सचिवका रूपमा वाईसीएलले सचिव बनाएको छ ।

वाईसीएलको अधिवेशन सम्पन्न गर्न गठन भएको केन्द्रीय निर्वाचन समितिले कोशी प्रदेश नामाकरण भइसक्दा पनि ‘१ नम्बर प्रदेश’ भनेर उल्लेख गरेको छ ।

समितिले केन्द्रीय समिति चयन बारे जारी गरेको सूचनामा एक जना सचिव (माधव भण्डारी) को नाम ‘विशेष गैर भौगोलिक’ समूह अन्तर्गत राखेको छ ।

वाईसीएलले केन्द्रीय समितिको महासचिवमा गणेश शाहीलाई चयन गरिएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय समितिको पदाधिकारीको नामावलीमा कोषाध्यक्ष चयन गरिएको छैन ।

वाईसीएलको महाधिवेशन काठमाडौंमा ६ दिनसम्म चलेको थियो । वाईसीएलका नेताहरूले महाधिवेशनलाई अखिल क्रान्तिकारीमा जस्तै निर्वाचनमा लान चाहेका थिए । तर अध्यक्ष पुष्पकमल दाहालले हस्तक्षेप गरेर सर्वसम्मतिका नाममा पुष्प ओलीलाई अध्यक्ष बनाइदिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : ०५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा