वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव | Khabarhub Khabarhub

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले ७४ जना पदाधिकारी भएको केन्द्रीय समिति चयन गरेको छ ।

वाईसीएलले काठमाडौंमा भर्खरै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीको नेतृत्वमा ७४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गरेको हो ।

वाईसीएलको केन्द्रीय समितिमा २२ जना उपाध्यक्ष, एक जना महासचिव, १९ जना सहसचिव र ३१ सचिवहरू राखिएको छ । जसमध्ये उपाध्यक्ष र उपमहासचिवमा सबै पदाधिकारीहरू खुलातर्फ चयन भएका हुन् ।

वाईसीएलले ३१ सचिवमध्ये महिलातर्फ ५ र आदिवासीतर्फ ३ जनालाई राखेको छ । एक जना सहसचिव मधेशी-मुस्लिम-अल्पसंख्यकतर्फ चयन गरिएको छ । सुदूरपश्चिमबाहेकका प्रदेशबाट ६ जनालाई प्रदेशबाट सचिवका रूपमा वाईसीएलले सचिव बनाएको छ ।

वाईसीएलको अधिवेशन सम्पन्न गर्न गठन भएको केन्द्रीय निर्वाचन समितिले कोशी प्रदेश नामाकरण भइसक्दा पनि ‘१ नम्बर प्रदेश’ भनेर उल्लेख गरेको छ ।

समितिले केन्द्रीय समिति चयन बारे जारी गरेको सूचनामा एक जना सचिव (माधव भण्डारी) को नाम ‘विशेष गैर भौगोलिक’ समूह अन्तर्गत राखेको छ ।

वाईसीएलले केन्द्रीय समितिको महासचिवमा गणेश शाहीलाई चयन गरिएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय समितिको पदाधिकारीको नामावलीमा कोषाध्यक्ष चयन गरिएको छैन ।

वाईसीएलको महाधिवेशन काठमाडौंमा ६ दिनसम्म चलेको थियो । वाईसीएलका नेताहरूले महाधिवेशनलाई अखिल क्रान्तिकारीमा जस्तै निर्वाचनमा लान चाहेका थिए । तर अध्यक्ष पुष्पकमल दाहालले हस्तक्षेप गरेर सर्वसम्मतिका नाममा पुष्प ओलीलाई अध्यक्ष बनाइदिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : ०५ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा