निजामती सेवा ऐन शीघ्र जारी गर्न माग « Khabarhub

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका  केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

 ‘अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने। 

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा वृत्ति विकास, पदोन्नति, सेवा सुरक्षा लगायतका विषय समेटिनुपर्ने आफूहरूको माग रहेको  केन्द्रीय  सदस्य दाहालले बताए। 

कर्मचारी संगठनहरूले ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : २९ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको