गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ? « Khabarhub

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले गैरआवासीय नेपालीलाई दिएको नागरिकता नेपालकै निकायले मान्यता नदिएको गुनासो गरे ।

उनीहरूले अब राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन् । गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता दिइएको छ । तर अंशबण्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरि नागरिकतामा जोड दिए ।

उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरि नागरिकता दिने व्यवस्था कानूनमा गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अब कानून बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए ।

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने बताए । अब त्यसलाई विधेयकमा समावेश गरिने प्रतिवद्धता पनि उनले जनाए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : १६ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६