मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु « Khabarhub

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनिभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् । थाई सीमा नजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिकै १३ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको थियो ।

मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो ।

‘बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठोकेको जस्तो देखिन्थ्यो’, पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले भने।

अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनिभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए ।

‘केही पीडित आफैँ बाहिर निस्कन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फँसेका थिए’, पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो ।

उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो । मृत्यु हुनेहरूमा सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए ।

अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयानुसार बिहान १ः०० बजेपछि भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : ३९ बजे

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा