रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु « Khabarhub

रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गएराति सम्पन्न यूएफा नेशन्स लिगको फाइनल खेलका क्रममा दुर्घटना हुँदा एक दर्शकको मृत्यु भएको छ । जर्मनीको म्युनिख शहरस्थित आलियान्ज एरिनामा सम्पन्न खेलमा रंगशालाबाट खसेर एक दर्शकको मृत्यु भएको हो ।

घटनामा एक जनाको ज्यान गएको यूएफाका अधिकारीले समाचार संस्थालाई पुष्टि गरेका छन् । स्पेन र पोर्चुगलबीच सम्पन्न खेलमा थपिएको समयमा घटना भएको जनाइएको छ । खेल पोर्चुगलले जितेको थियो । पोर्चुगलले स्पेनलाई पेनाल्टी शुटआउटमा ५–३ गोलअन्तरले हरायो ।

निर्धारित समय र थपिएको समयमा पनि २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । खेलमा स्पेनका लागि मार्टिन जुबिमेन्डीले २१ औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि पोर्चुगलका नुनो मेन्डेसले गोल गर्दै बराबरी गरेका थिए । खेलको ४५ औँ मिनेटमा स्पेनका मिकेल ओयारजाबालले गोल गरे । क्रिस्टियानो रोनाल्डोले ६१ औँ मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले खेलपछिको सम्मेलनका क्रममा घटनाबारे जानकारी दिएका थिए । उनले मृतकप्रति श्रद्धाञ्जली पनि दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ३ : २६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का