रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ « Khabarhub

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन् ।  

सोमबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् । 

समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । 

प्रचण्डले अहिले देशको राजनीतिमा उतारचढाव देखिएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवाद उन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए  । 

अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।  

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : ३५ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको