लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली « Khabarhub

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । 

मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए।

‘परीक्षण सफल भएको छ, उपभोक्ताको घरघरमा वाइरिङ र मिटर बक्स जडान गरेर बिजुली बाल्ने काम भइरहेको छ,’ उनले भने, ‘मिटरबक्स जडान भइसकेको नयाँ वनमा गत फागुनमा नेपाल टेलिकमले राखेको मोबाइलको बिटिएस टावर सञ्चालनमा आएको छ ।’

विद्युत् अभावमा मोबाइल टावर सञ्चालन हुन सकेको थिएन । लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलमा केन्द्रीय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत् आयोजनामा पटक–पटक समस्या आउन थालेपछि लुलाङवासी समस्यामा परेका थिए । 

साबिक लुलाङ गाविसमा ३७० घरपरिवारको बसोबास छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०-८१ देखि २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरिको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ । 

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने उनले बताए। 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : २१ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको