खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे « Khabarhub

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताएका छन् । 

गोरखा सदरमुकाममा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल र प्रयत्न गरिरहेको बताए। खेल क्षेत्रको विकास गर्न सानाठूला सबै प्रकारका खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको उनले बताए। 

‘सीमित स्रोतसाधनका कारण प्रदेश सरकारले धेरै गर्नसक्ने अवस्था छैन, तरपनि प्रदेश सरकारले खेलप्रतिको आफ्नो दायित्वलाई सम्झेर केही न केही गरिरहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्दै आएको सो अवसरमा मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय खेल क्षेत्रबाट नै आफूलाई अगाडि बढाउन चाहे पहिला जस्तो खेलाडी भोकै बस्नुपर्ने अवस्था अहिले नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले खेलाडीलाई खेल अवधिभरका लागि प्रदेश सरकारले बीमासहित प्रोत्साहन भत्ता र रेफ्रीका लागि स्थायी बीमाको व्यवस्था गरेको जानकारी दिए । प्रदेशले पोखरा आसपासमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी गरे पनि जग्गा उपलब्ध हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए। 

‘खेलकुद मैदान निर्माण गर्न प्रदेश सरकारको तर्फबाट लगानी गरिएको छ, हाम्रो लगानीमा निर्माण भइरहेको मुस्ताङको हाइ अल्टिच्युट खेल मैदानलाई अहिले सङ्घीय सरकारले पनि अपनत्व लिने प्रयत्न गरेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

प्रतियोगिता उद्‌घाटन कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ४८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन