कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरेको हो । 

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै संसद् अवरुद्ध गरेको छ ।

योजनाहरू योजना बैंकमा इन्ट्री गर्ने विधि विषय र आधार के हो भनेर माओवादी सांसद विन्दमान विष्टले उठाए । ‘जिल्लाबाट योजना बैंक कसरी आए । ती योजना अहिले किन हालिएन । अहिले तिथि बसाल्ने सरकारले कसरी बेथिति बस्यो ?,’ उनले भने, ‘तिथि बसाल्ने सरकारको कदममा प्रतिपक्ष साथ छ । तर, जिल्लाका जेष्ठ सांसदले सिफारिस गरियो । त्यसैले यो प्रदेशसभाको बैठकमा अगाडी बढ्न सक्दैन ।’

उनले चित्त  चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

प्रतिपक्ष संसदमा अवरोध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छिन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ०० बजे

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं– दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी

भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

नयाँदिल्ली– भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार

काठमाडौं उपत्यकामा चहलपहल घट्दै

काठमाडौं– बडादशैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ