रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध « Khabarhub

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न दुवै मुलुकका रक्षामन्त्रीको बैठकमा यस्तो सहमती भएको हो ।

भारतीय समचार संस्था एएनआईका अनुसार बैठकमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका अष्ट्रेलियन समकक्षी रिचर्ड मार्लेस सहभागी थिए । उनीहरुले रक्षा सहकार्यलाई मजबुत बनाउँदै आतंकवादविरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएको एएनआईले उल्लेख गरेको छ ।

बैठकका क्रममा मन्त्री सिंहले द्विपक्षीय रणनीतिक साझेदारी विस्तार हुँदै गइरहेको बताएका थिए । उनले जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतलाई गरेको सहयोगप्रति अष्ट्रेलियालाई धन्यवाद समेत दिएका थिए ।

मन्त्री सिंहले पछिल्लो तीन वर्षमा दुई मुलुकको रक्षा सहकार्य थप विस्तार हुँदै गइरहेको बताएका थिए । जवाफमा अष्ट्रेलियाका मन्त्री मार्लेसले भारतसँग सहकार्य गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ४९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी