रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध « Khabarhub

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न दुवै मुलुकका रक्षामन्त्रीको बैठकमा यस्तो सहमती भएको हो ।

भारतीय समचार संस्था एएनआईका अनुसार बैठकमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका अष्ट्रेलियन समकक्षी रिचर्ड मार्लेस सहभागी थिए । उनीहरुले रक्षा सहकार्यलाई मजबुत बनाउँदै आतंकवादविरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएको एएनआईले उल्लेख गरेको छ ।

बैठकका क्रममा मन्त्री सिंहले द्विपक्षीय रणनीतिक साझेदारी विस्तार हुँदै गइरहेको बताएका थिए । उनले जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतलाई गरेको सहयोगप्रति अष्ट्रेलियालाई धन्यवाद समेत दिएका थिए ।

मन्त्री सिंहले पछिल्लो तीन वर्षमा दुई मुलुकको रक्षा सहकार्य थप विस्तार हुँदै गइरहेको बताएका थिए । जवाफमा अष्ट्रेलियाका मन्त्री मार्लेसले भारतसँग सहकार्य गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ४९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर