अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।

सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

पानी जहाज विधेयक पारित, नेपालमा जलमार्गलाई खुल्यो कानुनी बाटो

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् ।

‘सोमबार राजधानीमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले बजेटले तल्लो तहका जनतालाई उपेक्षा गरेको बताएका हुन् ।

बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए । अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ थियो ।

‘अर्थतन्त्र चलायमान हुन नक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो’, उनले भने, ‘त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन ।’

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ ।

दिनभरमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार १९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

जोशी हाइड्रोको हकप्रद शेयर जारी गर्ने पायो अनुमति 

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो ।

मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए।

‘परीक्षण सफल भएको छ, उपभोक्ताको घरघरमा वाइरिङ र मिटर बक्स जडान गरेर बिजुली बाल्ने काम भइरहेको छ,’ उनले भने, ‘मिटरबक्स जडान भइसकेको नयाँ वनमा गत फागुनमा नेपाल टेलिकमले राखेको मोबाइलको बिटिएस टावर सञ्चालनमा आएको छ ।’

विद्युत् अभावमा मोबाइल टावर सञ्चालन हुन सकेको थिएन । लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलमा केन्द्रीय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत् आयोजनामा पटक–पटक समस्या आउन थालेपछि लुलाङवासी समस्यामा परेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : ४८ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्