प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने   | Khabarhub Khabarhub

प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने  


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ गर्न लागेको छ । अखिल नेपाल खेलकुद महासंघको सह-आयोजनामा जेठ २७ देखि ३१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ ।  प्रतियोगितामा राष्ट्रिय स्तरका ६ प्रमुख महिला टिमको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए । 

नेपाल आर्मी क्लबले अन्तिम अवस्थामा सहभागी नहुने जानकारी गराएपछि नयाँ टोली स्टेप रामपुरले अवसर पाएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेलमा गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ । 

सहभागी टिमले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था छ । ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकास र व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौँ,’ कोइरालाले भने,’प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवर्द्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएका छौँ ।’ 

उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे । उनले उद्घाटनको कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको बताए । उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ०१ बजे

नयाँ लुगा प्राथमिकतामा पर्दैन, तासमा कहिल्यै जितिएन

काठमाडौं – कलाकार भरतमणि पौडेल भर्खरै क्यानडामा कार्यक्रममा सहभागी भएर

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको बैठक सम्बोधन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

भक्तपुर– यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै

उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

सिमकोट– रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष

दुई ठाउँको हाटबजारले कृषक र उपभोक्तालाई सहज

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई