सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल « Khabarhub

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन् ।  

सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताएका हुन् ।

 गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उन बताए । दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदासीन देखिएको आरोप लगाए । 

सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सबै प्रतिपक्षी दल एकै ठाउँ रहेको उनले बताए । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गरे ।  

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : २९ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ