सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा « Khabarhub

सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।  

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका हुन् । 

सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढी नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए ।

देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।  

सभापति देउवाले युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा