हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन | Khabarhub Khabarhub

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् ।

रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। सांसद ज्ञानेन्द्र शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जुम्ला समुद्री सतहबाट २३०० मिटरभन्दा माथि अवस्थित छ । यहाँको मार्सी धानको नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च माग छ। यसको विशेष स्वाद र पौष्टिक गुणले गर्दा यो जुम्लाको पहिचान बनेको छ। सिँचाइ सुविधाको विस्तारले मार्सी धानको उत्पादनमा उल्लेख्य वृद्धि भई किसानको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ ।

त्यस्तै, जुम्लाको स्याउ पनि देशभरि लोकप्रिय छ। उच्च उचाइ र चिसो हावापानीका कारण यहाँका स्याउ स्वाभाविक रूपमा गुलियो र स्वादिलो हुन्छन्। नयाँ सिँचाइ पोखरीले स्याउ खेतीका लागि आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्नेछ, जसले गर्दा स्याउको उत्पादन बढ्ने र किसानहरूले राम्रो आम्दानी गर्न सक्नेछन्।

आलु र अन्य तरकारी बाली पनि जुम्लाको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हुन्। सिँचाइको पहुँचले किसानहरूलाई वर्षभरि विभिन्न प्रकारका बालीहरू लगाउन प्रोत्साहन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ९ : ३१ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय