फिल्म ‘रामायण’ १६०० करोडको प्रोजेक्ट, कलाकारको पारिश्रमिक कति ? « Khabarhub

फिल्म ‘रामायण’ १६०० करोडको प्रोजेक्ट, कलाकारको पारिश्रमिक कति ?


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘रामायण’ एक विशाल प्रोजेक्टका रुपमा स्थापित हुने भएको छ । यसका दुई श्रृङ्खलाको अनुमानित बजेट १६ सय करोड भारु दाबी गरिएको छ ।

भारतीय मिडिया इन्डिया टुडेका अनुसार निर्माण पक्षले भर्खरै छायाङ्कन सम्पन्न भएको ‘रामायण’ पहिलो भागकाे लागत ९०० करोड रहेकाे बताएको छ ।

छायाङ्कन हुन बाँकी दोस्रो भाग ‘रामायण २’को लागत ७०० करोड पुग्ने दाबी छ ।

पहिलो भागमै बनाइएका सेटहरु पुन: प्रयोग गर्न मिल्ने भएकाले ‘रामायण २’को लागत कम लाग्ने निर्माण पक्षको भनाइ छ ।

ठूलो बजेटको फिल्म रहेकाले कलाकारहरुको पारिश्रमिक पनि चर्चाको विषय बनेको छ । भारतीय मिडिया फिल्म फेयरका अनुसार यस फिल्मको शीर्ष कलाकार भगवान रामको भूमिका निर्वाह गरेका रणवीर कपुरले ७५ करोड पारिश्रमिक बुझेका छन् ।

‘रामायण २’को लागि पनि उनले ७५ करोड नै पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेका छन् । दुई भागबाट उनले १५० करोड पारिश्रमिक बुझ्नेछन् ।

त्यस्तै सीताको भूमिका निर्वाह गरेकी नायिका साई पल्लवीले एक भागका लागि ६ करोड पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेकी छन् । दुई भागबाट उनले १२ करोड पारिश्रमिक बुझ्नेछिन् ।

रावणको भूमिकामा रहेका नायक यश भने यो फिल्मको सह-निर्मातासमेत हुन् । उनी नाफाको हिस्सेदार हुनेछन् । यो फिल्मको व्यापारअनुसार उनले पैसा पाउनेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित