फिल्म ‘रामायण’ १६०० करोडको प्रोजेक्ट, कलाकारको पारिश्रमिक कति ? « Khabarhub

फिल्म ‘रामायण’ १६०० करोडको प्रोजेक्ट, कलाकारको पारिश्रमिक कति ?


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘रामायण’ एक विशाल प्रोजेक्टका रुपमा स्थापित हुने भएको छ । यसका दुई श्रृङ्खलाको अनुमानित बजेट १६ सय करोड भारु दाबी गरिएको छ ।

भारतीय मिडिया इन्डिया टुडेका अनुसार निर्माण पक्षले भर्खरै छायाङ्कन सम्पन्न भएको ‘रामायण’ पहिलो भागकाे लागत ९०० करोड रहेकाे बताएको छ ।

छायाङ्कन हुन बाँकी दोस्रो भाग ‘रामायण २’को लागत ७०० करोड पुग्ने दाबी छ ।

पहिलो भागमै बनाइएका सेटहरु पुन: प्रयोग गर्न मिल्ने भएकाले ‘रामायण २’को लागत कम लाग्ने निर्माण पक्षको भनाइ छ ।

ठूलो बजेटको फिल्म रहेकाले कलाकारहरुको पारिश्रमिक पनि चर्चाको विषय बनेको छ । भारतीय मिडिया फिल्म फेयरका अनुसार यस फिल्मको शीर्ष कलाकार भगवान रामको भूमिका निर्वाह गरेका रणवीर कपुरले ७५ करोड पारिश्रमिक बुझेका छन् ।

‘रामायण २’को लागि पनि उनले ७५ करोड नै पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेका छन् । दुई भागबाट उनले १५० करोड पारिश्रमिक बुझ्नेछन् ।

त्यस्तै सीताको भूमिका निर्वाह गरेकी नायिका साई पल्लवीले एक भागका लागि ६ करोड पारिश्रमिक बुझ्ने गरी सम्झौता गरेकी छन् । दुई भागबाट उनले १२ करोड पारिश्रमिक बुझ्नेछिन् ।

रावणको भूमिकामा रहेका नायक यश भने यो फिल्मको सह-निर्मातासमेत हुन् । उनी नाफाको हिस्सेदार हुनेछन् । यो फिल्मको व्यापारअनुसार उनले पैसा पाउनेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५२ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक