सेख हसिनाले प्रदर्शनमा दमन गर्न आदेश दिएको गोप्य अडियो सार्वजनिक « Khabarhub

सेख हसिनाले प्रदर्शनमा दमन गर्न आदेश दिएको गोप्य अडियो सार्वजनिक


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

ढाका – बगंलादेशमा गत वर्ष तत्कालीन प्रधानमन्त्री सेख हसिना बाजेदले सुरक्षा अधिकारीलाई प्रदर्शनकारीमाथि दमन गर्न आदेश गरेको अडियो फेला परेको छ। अहिले मानवता विरोधी अपराधको मुद्दाको सुनुवाइ चलिरहेको समयमा अभियोजकले यसलाई प्रमाणको रूपमा पेस गर्ने अनुमान गरिएको छ।

अडियोमा हसिनाले घातक हतियार प्रयोग गर्न भनेकी छिन्। हाल भारतमा रहेकी हसिना सरकारको विरुद्धमा गत वर्ष भएको प्रदर्शनमा १४०० जना भन्दा बढीको ज्यान गएको थियो।

गत वर्ष सडकमा हजारौँ जना उपस्थित भएर विरोध प्रदर्शनलाई रोक्न नसकेपछि उनी सत्ता त्यागेर भारत पुगेकी हुन्। उनले निर्देशन गरेको अर्को अधिकारीको नाम भने खुलेको छैन।

अघिल्लो वर्ष आन्दोलन चर्किएपछि ५ अगस्टका दिन प्रदर्शनकारीले उनको घर घेरेका थिए। प्रदर्शनकारी घरमा प्रवेश गनेृ भएपछि उनी भागेर भारत पुगेकी थिइन्। लिक भएको अडियो भने १८ जुलाको भएको जनाइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक