प्रधानमन्त्री ओली शनिबार झापा आउने « Khabarhub

प्रधानमन्त्री ओली शनिबार झापा आउने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार (असार २८ गते) झापा आउने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी आइतबार र सोमबार इलाम र झापाका विभिन्न कार्यक्रममा  सहभागी हुने एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

ओलीले इलामको माई नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ।

आइतबार बुद्धशान्ति गाउँपालिका– ३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्‌घाटन गरेपछि इलामको माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटनसँगै जग्गा धनीपूर्जा वितरण गर्ने तयारी छ ।

ओलीले सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बूले जानकारी दिए ।

माई नगरपालिकाबाट फर्किएर त्यसैदिन कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सोमबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ५९ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक