हिमाल अस्पतालले ज्यान लियो, उपभोक्ता अदालतले न्याय दियो ! « Khabarhub

हिमाल अस्पतालले ज्यान लियो, उपभोक्ता अदालतले न्याय दियो !


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको पथरी शनिश्चरे घर भएका गंगा गौतम (गौरब दर्पण) गायक तथा संगीतकर्मी हुन् । पत्नी आशिका भण्डारी गृहिणी हुन् । आर्थिक अवस्था कमजोर भएकाले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर उनीहरुले काठमाडौंको कमलपोखरीमा सामान्य मोबाइल पसलको व्यवसाय गर्दै आएका छन् । उनीहरु कमलपोखरीमै डेरा गरी बस्छन् ।

गंगा र आशिकाका दुई सन्तानमध्ये पहिलो सन्तान वर्ष १० का छोरा हाल कक्षा ५ मा अध्ययनरत छन् । दोस्रो सन्तानका रुपमा रहेकी दुई वर्ष ४ महिनाकी (२८ महिनाकी) छोरी प्रशंसा गौतमको भने ज्ञानेश्नरस्थित हिमाल अस्पतालको लापरवाहीले ज्यान गइसकेको छ । गत ०७९ साल माघ २६ गते चिकित्सकको लापरवाहीबाट शिशुको ज्यान गएको उपभोक्ता अदालतले ठहर गरिसकेको छ ।

दुईजना छोराछोरीको उज्वल भविष्यका लागि राम्रो शिक्षा दीक्षादिने भन्दै काठमाडौं पसेका गौतम परिवारले ०७९ माघमा सरस्वती पूजाको दिन पारेर नजिकैको नर्सरी स्कुलमा छोरीलाई प्ले ग्रुपमा भर्नासमेत गरिसकेका थिए ।

छोरीलाई ०७९ माघ २० गतेदेखि रुघाखोकी र ज्वरो आयो । यस्तो बेलामा नजिकैको अस्पतालमा लैजाने गरिन्छ । नजिकैको क्लिनिकमा देखाएर सामान्य औषधि खुवाउँदा पनि निको भएन । त्यसपछि निमोनियाको शंका लागेर छोरीलाई उनीहरुले नजिकैको हिमाल अस्पतालमा लगे ।

अस्पतालमा कार्यरत बालबालिकालाई जाँच गर्ने विशेषज्ञ भनिएका डाक्टर जयदेव यादवलाई अपरान्ह १२ बजेतिर जचाइयो । छोरीलाई हुने समस्याबारे बताएपछि डा. यादवले ‘अरु कुनै जाँच गर्नुपर्दैन भनी कुनै Vital sign हरुको पनि परीक्षण नगरी औषधि लेखिदिन्छु खुवाएर हेर्नुस, ठीक हुदै जान्छ ४ दिनपछि मलाई आएर भेट्नोस्’ भनेर पठाएको पीडितको भनाइ छ ।
डा. यादवले त्यसबेला Antibiotic, Flexon Syrup, Lovocitrigin, Beta Caugh Syrup Giffds Antibiotic औषधिहरु खान सिफारिस गरिदिएका थिए ।

गौतम परिवारले छोरीलाई दबाई खुवाउँदै भोलिपल्टसम्म हेर्‍यो । तर, छोरीको स्वास्थ्य झन् खराब भयो । अझ कमजोर हुँदै गएको देखिन लागेपछि उनीहरुले शुक्रबारसम्म पर्खन उचित नठानेर भोलिपल्टै अर्थात् माघ २४ गते नै अस्पताल लिएर गए ।
अस्पतालमा उनीहरुले डा. जयदेवलाई भेटेर छोरीको बिग्रदै गरेको अवस्थाबारे बताए । औषधिले सुधार हुनु पर्नेमा झन शिथिल हुँदै गएकी, खान कम हुदै गएको, गल्दै गएको र घ्यारघ्यार पनि बढ्दै गएको बताएर भिडियो समेत देखाए । तर, डा. यादवले ‘यो सामान्य हो’ भन्ने जवाफ दिए ।

सबै लक्षणहरु र छोरीको अवस्था हेर्दा निमोनिया भएको हुन सक्छ, एकपटक यकिन गर्नका लागि एक्स रे लगायतको परीक्षण गरिदिनुहोस् भनेर गौतम परिवारले अनुरोध गर्‍यो ।

औषधिको असर देखेर छोरीको स्वास्थ्य अझै बिग्रिँदै पो जाने हो कि भन्ने हामीलाई डर लागेको छ र मन आतिरहेको छ, छोरीलाई खास के भएको रहेछ रगत र एक्स रेसम्म जाँचेर रोगको निदान गरिदिदिनुहोस् भनेर अनुरोध गर्दा पनि डा. जयदेवले अहिले त्यस्तो केही जाँच गर्नु पर्दैन, औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन, झोलिलो कुरा खुवाउनुस् भन्दै एक्स रे, रगत, पिसाबलगायत कुनै पनि सामान्य परीक्षण नगरी पठाएको पीडितले उपभोक्ता अदालतमा दिएको फिरादपत्रमा उल्लेख छ ।

डा. यादवले यही अस्पतालमै ल्याएर बिहान बेलुका तीनदिनसम्म बाफ लगाउनु भनी औषधी सिफारिस गरिदिएपछि उनीहरुले चिकित्सकको भरमा परेर २४ गतेबाट सोही प्रक्रिया अपनाए ।

यति सबै कर्महरु गर्दा पनि छोरीलाई सञ्चो भएन । उल्टै सकस बढ्दै गयो । शरीरको अवस्था अझै शिथिल हुँदै गयो । स्वास प्रश्वासमा असहज हुँदै गयो । घ्यारघ्यार झन् बढ्दै गयो । छोरीमा कम बोल्ने र ओठ सुख्खा देखिने लक्षणहरु देखापर्‍यो । तथापि उनीहरुले बिहान–बेलुका दुईपटक हिमाल हस्पिटलमा जाँदै बाफ लगाउँदै, साँझ फेरि डाक्टरलाई देखाउँदै गरिरहे ।

माघ २५ गते बुधबार डाक्टरलाई भेट्न जाने बेलासम्म छोरीको अनुहार हल्का सुन्निएको र पेटको माथिल्लो भाग अलिकति फुलेको थियो । लामो समय अर्थात ७–८ घण्टामा एकपटक थोरै मात्रामा पिसाप भएको उनीहरुले डाक्टरलाई सुनाए । छोरीका पिता गंगा गौतमले एकपटक एक्स रे गरेर हेरिदिनुहोस् भनेर फेरि अनुरोध गरे ।

तर, डाक्टरले ‘यो सामान्य हो, खाना खाएर ग्यासले अप्ठ्यारो भएको र अनुहार सुन्निएको हो, केही हेर्न पर्दैन, ठीक हुन्छ भन्ने जवाफ दिए । बालरोगसम्बन्धी विज्ञ चिकित्सकले ठिकै छ, आत्तिनु पर्दैन भनेर आश्वस्त पारेपछि पत्याउनै पर्‍यो ।

डा. जयदेवले भने अनुसारको नियमित बाफ लगाउने क्रममा माघ २६ गते विहीबार बिहान इमर्जेन्सीका नर्सहरुले ‘नानी सिथिल छिन् त’ भन्दै थिए । तथापि उनीहरुले छोरीको अवस्था बारे अन्य चासो राखेर हेर्ने बुझ्ने र रिपोर्टिङ गर्ने केही काम गरेनन् ।

सोही दिन बेलुका ५ः३० मा गौतम परिवारले फेरि छोरीलाई अस्पताल लिएर गए । बाफ लगाए । र, डाक्टरको क्याबिनमा लिएर गए ।
छोरी कुर्सीमा बस्न सकिनन् । बेडमा सुताइयो । सबै अवस्था बेलिविस्तार लगाएर उनीहरुले डाक्टरलाई ‘बरु अस्पतालमै भर्ना गरेर उपचार गरौं, घरमा राख्दा गाह्रो होला’ भने ।

यति भन्दै गर्दासमेत डा. जयदेवले खासै महत्व नदिएर ‘सबै ठिकै छ, औषधि कडा भएकाले शिथिल बनाएको हो, डोज पूरा भएपछि आउनू, आत्तिनु पर्ने कुरा छैन’ भने ।

तर, छोरीका बाले जोड गरेर के भएको रहेछ एकपटक जाँच गरिदिनुहोस् भनेर अनुरोध गरेपछि ‘तपाईहरु जोड गर्नु हुन्छ भने एउटा एक्स रे गरेर हेरौं, अनि रगतको जाँच गर्नु परे गरौंला’ भनेर डा. जयदेवले लेखिदिए ।

उनीहरुले एक्सरे गराएर ल्याए । रिपोर्टमा फोक्सोको दुबैतिर निक्कै पानी फैलिएको देखियो । तब मात्र छोरीको अक्सिजन जाँच गरेर हेर्दा Sp0-2 ७२ प्रतिशत मात्र देखेपछि Emergency bed मा राखेरForce treatment शुरु गरियो ।

अक्सिजनको मात्रा घट्दै जान थालेपछि ‘अब छोरीलाई PICU चाहिन्छ, यो अस्पतालमा छैन अर्कै अस्पताललाई रेफर गरिदिन्छौं, PICU भएको ह्याम्स अस्पतालमा पठाइदिन्छौं’ भने ।

तर, फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि ह्याम्सका डाक्टरले बिरामी जोखिम अवस्थामा पुगिसकेको बुझेर नपठाउनु भनेपछि डा. जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ति बाल अस्पताललाई मैले कुरा गरें, बेड खाली छ, रेफरल लेटर लेखिदिन्छु, सिधै इमर्जेन्सीमा लैजानू र मेरो नाम लिनू भने ।

छोरीको अवस्था देखेर अत्तालिएका बाबुआमाले त्यो पनि मञ्जुर गरेर एम्बुलेन्स खोज्न थाले । जब बिरामीलाई गाडीमा सार्न लागियो, डा. जयदेव यादव एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्रै लिएर जानुस् यता जाँच गराएको कुनै मेडिकल रेकर्डका कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड र प्रेसक्रिप्सन नर्सलाई लुकाउन लगाएको पीडितको गुनासो छ ।

त्यतिबेला बल्ल पिता गंगा गौतमको मनमा चिसो पस्यो । उनले डा. यादव आत्तिएको र नर्सहरु र अन्य कर्मचारीलाई डराएको अवस्थामा देखे । कतै चिकित्सकले आफ्नो लापरवाही लुकाउने प्रपञ्च त गर्दै छैनन् ? यस्तो आशंका लागेकापछि गौतमले काउन्टरमा गएर कर्मचारी र नर्सका हातबाट कागजहरु खोसेर बोकेर हिँडे ।

एआई जेनेरेटेड सांकेतिक तस्बिर

‘रेफर गर्ने’ बेलासम्म छोरीको अक्सिजन ६० प्रतिशत मात्रै थियो । अक्सिजन लगाएरै बच्चालाई कान्ती बाल अस्पताल पुर्‍याइयो । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर भर्ना लिनै मानेन । त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले रिफर गरेको रहेनछ । हिमाल अस्पतालले कसैसँग कुरा गरेको छैन भनियो । नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै PICU भएको अर्को अस्पताल लैजान सुझाव दिइयो ।

कान्ति वाल अस्पताल सरकारी अस्पतालका रुपमा रहेको छ । चिन्ताजनक अवस्थामा पुगेका बालबच्चा लिएर आएका बा–आमालाई अस्पतालले कसरी ‘रेस्पोन्स’ गर्दोरहेछ भन्ने एउटा बिर्सन लायक घटना हो यो ।

अस्पताल खोजी गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर गौतम परिवार त्यहाँ पुग्यो ।
त्यो बेलासम्म छोरीको स्याचुरेसन (अक्सिजन) ५० को हाराहारीमा झरिसकेकोले सिधै सधन उपचार कक्षमा लगियो ।

लगभग एक घण्टापछि भित्रबाट डाक्टरले छोरीका बालाई बोलाए । छोरी हेर्न सकिने अवस्था थिइनन् । त्यतिबेला छोरीको देहान्त भइसकेको थियो । र, गौतम परिवारको काख रित्तिएको थियो । अनि, संघीय राजधानीजस्तो ठाउँमा २८ महिनाकी शिशु प्रशंसा गौतमले नेपालको जनस्वास्थ्य प्रणाली, कथित डाक्टरहरु र मेडिकल साइन्सलाई नै चुनौती दिँदै यो संसार राम्रोसित हेर्न नै नपाई बिदा लिइसकेकी थिइन् ।

उपभोक्ता अदालतमा प्रशंसाका पिता गंगाले भने, ‘हाम्रो काख र अँगालो रित्तिइसकेको छ । हामीले अगाध प्रेम, माया, र स्नेहका साथ हुर्काएकी अबोध बालिकाको चिकित्सक जयदेव यादव अनि हिमाल अस्पतालकोे चरम लापरवाही र हेलचेक्र्याइँका कारणबाट देहान्त भएकाले न्याय पाउँ ।’

पीडित बाआमाको भनाइ छ– चिकित्सक यादवले समयमै निमोनियाको जाँच गरिदिएको भए छोरीको मृत्यु हुने थिएन ।

उपभोक्ता अदालतले दिलायो न्याय

छोरीको मृत्युपछि चिकित्सक र अस्पतालमाथि कारवाहीको माग गर्दै गौतम परिवार नेपाल मेडिकल कान्सिलमा गएको गयो । अस्पतालमा धर्ना दिने कामसमेत भयो । मिडियामा गुनासाहरु छरपस्टै आए । तर, उनीहरुले न्याय पाएनन् ।

अन्तत: गौतम परिवार त्रिपुरेश्वरमा गत चैतदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतमा न्याय माग्न गए । र, अदालतले उनीहरुलाई न्याय दिलायो ।

हेर्नुहोस् उपभोक्ता अदालतले गरेको फैसलाको सार संक्षेप–

यो पनि-

ग्राण्डी सिटीले युवतीको तिघ्राको अप्रेशन बिगारेपछि…

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ११ : ०८ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका