पहिरोले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध, यात्रु अलपत्र « Khabarhub

पहिरोले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध, यात्रु अलपत्र


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिए ।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वर्षा भइरहेको र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ । सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिए । भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । 

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे–हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारिसाधन सञ्चालन हुने गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : ४६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)