सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ « Khabarhub

सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीका घटनाप्रति सरकारको दृष्टिकोणप्रति तीव्र असन्तुष्टि जनाएकी छिन्।

‘हामी निरन्तर भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने, गराउने निकृष्ट कार्यका विरुद्ध संसद्‌मा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउन माग गरिरहेका छौँ, तर सरकारले सुनेको छैन’, उनले भनिन् ।

गौतमले यस्ता गम्भीर विषयमा सरकारकै मातहतका कनिष्ठ कर्मचारीहरू सम्मिलित टालटुले समिति बनाएर झेली खेल खेल्ने काम भइरहेको आरोप लगाइन्।

सांसद गौतमले संसद्मा उठाएका गम्भीर प्रश्नहरूलाई बेवास्ता गरिनुलाई आपत्तिजनक भनेकी छन् । उनले छानबिन माग गर्दै भइरहेको आन्दोलन र संसद्‌ बहिष्कार जस्तो विषयलाई समेत माग सम्बोधन नहुनु चिन्ताजनक भएको बताइन्।

‘हामी गइसकेपछि प्रधानमन्त्रीको सचिवालयबाट चुनौती आएको रहेछ,’ उनले भनिन्, ‘केही माननीयहरूले ‘बतासे’, ‘केटाकेटी’ जस्ता अपमानजनक टिप्पणी पनि गर्न भ्याउनुभयो।’

उनले मंगलबार बसेको संसद् बैठकमै दिएको अभिव्यक्तिबारे पनि थप स्पष्ट पार्न खोजिन् ।

‘मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन’, उनले भनिन्, ‘मैले भनेको वाक्य यति मात्र हो- स्वयम् प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू त्यसको बहानामा पुगेर नफर्किएको भन्ने लगायत समाचारहरू आइरहेका छन्।’

गौतमले आफू र पार्टी जिम्मेवार रहेको उल्लेख गर्दै यस्ता विषयमा गम्भीर भएर सत्यतथ्य छानबिन गर्न सरकारसँग फेरि आग्रह गरेकी छन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ४३ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति