एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन « Khabarhub

एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर आफूले नभनेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताइन् ।

उनले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्ति चाहिँ नफर्किएको बताएको उनले स्पष्ट पारेकी छन् ।

स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले त्यस कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपाली गएको उनले बताइन् ।

मंगलबार आफूले संसद्मा राखेको धारणालाई नबुझेर बिभिन्न टिप्पणी भएकोप्रति उनले आपत्ति जनाइन् ।

आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको मागप्रति गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको दाबी गरिन् ।

आफ्नो भनाइ रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर उनले गरिन् । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिनेगरि समिति बनाएकाले आफूहरूको निरन्तर विरोध रहेको बताइन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ०९ बजे

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली– जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री