रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप « Khabarhub

रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघीय कार्यक्रममा मानव तस्करीको आरोप लगाएपछि नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच संसद्मा दोहोरी चलेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी नेपालका केही व्यक्तिहरू स्पेनमै लुकेको दोहोर्‍याएपछि एमाले सांसदहरू आक्रोशित भएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गौतमतिर लक्षित गर्दै केही सांसदहरूले भाइरल बन्न संसद्मा गलत कुरा प्रचार गर्दै हिँड्न थालेको बताएका छन् ।

बर्तौलाले रास्वपा सांसद गौतमसहितलाई लक्षित गर्दै कडा जवाफ फर्काएका हुन् । ‘संसद्मा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद्लाई बनाउन खोजिँदै छ’, उनले अगाडि भने ।

उनीभन्दा अगाडि बोलेकी एमालेकी सचेतक सुनिता बरालले पनि संसद्लाई अफवाह फैल्याउने थलो बनाइएको भन्दै रास्वपामाथि आक्रोश पोखिन् । उनले गलत कुराको टिप्पणी र प्रचार गर्ने ठाउँ संसद् नभएको जवाफ रास्वपाकी गौतमलाई फर्काइन् ।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदा केही मानिस उतै लुकेर नफर्किएको कुरा गौतमले दोहोर्‍याएपछि उनले आपत्ति जनाएकी हुन् ।

बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैल्याइएको पनि बताइन् । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिइन्

‘तथ्यका आधारमा कुरा गरौँ, प्रधानमन्त्री दल विशेषको मात्रै हुँदैनन्’, उनले भनिन्, ‘राष्ट्रको कार्यकारी प्रमुखका रूपमा गएका हुन्छन् । तपाईंलाई भाषाको ज्ञान र परिभाषा सिकाउनु परे हामी तयार छौँ । बोल्दा हेक्का पुर्‍याउनुस् ।’

बरालले आफ्ना भनाइ राखिसकेपछि संसद्‍बाट गौतम बाहिरिएको कुरामा पनि कडा आपत्ति व्यक्त गरिन् । आफ्ना धारणा राखेर रास्वपा सांसदहरू बाहिरिएपछि बरालले अरुको कुरा सुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाएकी हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : २३ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही