रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप | Khabarhub Khabarhub

रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघीय कार्यक्रममा मानव तस्करीको आरोप लगाएपछि नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच संसद्मा दोहोरी चलेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी नेपालका केही व्यक्तिहरू स्पेनमै लुकेको दोहोर्‍याएपछि एमाले सांसदहरू आक्रोशित भएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गौतमतिर लक्षित गर्दै केही सांसदहरूले भाइरल बन्न संसद्मा गलत कुरा प्रचार गर्दै हिँड्न थालेको बताएका छन् ।

बर्तौलाले रास्वपा सांसद गौतमसहितलाई लक्षित गर्दै कडा जवाफ फर्काएका हुन् । ‘संसद्मा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद्लाई बनाउन खोजिँदै छ’, उनले अगाडि भने ।

उनीभन्दा अगाडि बोलेकी एमालेकी सचेतक सुनिता बरालले पनि संसद्लाई अफवाह फैल्याउने थलो बनाइएको भन्दै रास्वपामाथि आक्रोश पोखिन् । उनले गलत कुराको टिप्पणी र प्रचार गर्ने ठाउँ संसद् नभएको जवाफ रास्वपाकी गौतमलाई फर्काइन् ।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदा केही मानिस उतै लुकेर नफर्किएको कुरा गौतमले दोहोर्‍याएपछि उनले आपत्ति जनाएकी हुन् ।

बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैल्याइएको पनि बताइन् । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिइन्

‘तथ्यका आधारमा कुरा गरौँ, प्रधानमन्त्री दल विशेषको मात्रै हुँदैनन्’, उनले भनिन्, ‘राष्ट्रको कार्यकारी प्रमुखका रूपमा गएका हुन्छन् । तपाईंलाई भाषाको ज्ञान र परिभाषा सिकाउनु परे हामी तयार छौँ । बोल्दा हेक्का पुर्‍याउनुस् ।’

बरालले आफ्ना भनाइ राखिसकेपछि संसद्‍बाट गौतम बाहिरिएको कुरामा पनि कडा आपत्ति व्यक्त गरिन् । आफ्ना धारणा राखेर रास्वपा सांसदहरू बाहिरिएपछि बरालले अरुको कुरा सुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाएकी हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : २३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं