रविबारे गृहमन्त्रीको टिप्पणी- भिजिट भिसाको दुरुपयोग गर्दै अमेरिकी नागरिकता लिएका थिए « Khabarhub

रविबारे गृहमन्त्रीको टिप्पणी- भिजिट भिसाको दुरुपयोग गर्दै अमेरिकी नागरिकता लिएका थिए


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

रविले त्यसरी भिजिट भिसाको दुरुपयोग गरेको पनि उनले बताए । ‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, उनले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,’

लेखकले पहिले आफूले गरेको दुरूपयोगको चित्त बुझ्दो जवाफ दिएपछि मात्रै अरूलाई प्रश्न गर्न पनि रास्वपाका सांसदहरूलाई सुझाएका छन् ।

‘पहिले रविले गरेको दुरूपयोगको जवाफ दिनुहोला । भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अरूलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ?’, उनले भने, ‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट थाल्ने हो ?’

के भने ?

माननीय रवि लामिछानेजी, जो यही सम्मानित सदनको सदस्य पनि हुनुभएको थियो, अहिले परिस्थिति एउटा छ। उहाँ कुनै समयमा संयुक्त राज्य अमेरिकामा भिजिटरकै रूपमा जानुभएको थियो रे भन्ने कुरा सुनेँ। भिजिटरका रूपमा जाने भनेको भिजिट भिसा हो। एक किसिमको भिजिट भिसा नै हो। मैले जान्न खोजेको, उहाँ भिजिटरका रूपमा अमेरिकामा जानुभएको हो कि होइन ? यदि भिजिट भिसा अथवा भिजिटर वा निश्चित समय अर्को देश बसेर फर्किएर आउने भिसामा जानुभएको होइन भने के भिसामा कुन भिसामा जानुभएको हो, त्यो जानकारी गराइदिनहुन अनुरोध गर्दछु। यदि भिजिट भिसामै जानुभएको हो भने अनि भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ? यदि कुरा मैले आजसम्म गरेको थिइनँ। तर, साथीहरू अलिक गर्न नहुनेतिर लाग्नुभएको छ। प्रधानमन्त्री देशको प्रतिनिधित्व गरेर जानुभएको हो। राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा गएका प्रधानमन्त्रीबारे असत्य, अनर्गल कुरा उठाउनु ठीक हुन्छ ? यही हो, पद्धति बसाउन खोजेको ? नैतिकताको कुरा आफूबाट सुरू गरौँ । पहिले मेरा कुराको जवाफ दिएर अर्को दिन कुरा गर्नु होला ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ५० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति