भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर « Khabarhub

भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

गृहमन्त्री लेखकले लामिछानेको अमेरिकी नागरिकता प्रकरणलाई स्मरण गराउँदै भने, ‘भिजिट भिसा दुरुपयोग गरेर अमेरिकी नागरिकता लिएको व्यक्तिले अरूलाई नैतिकताको पाठ नपढाए राम्रो हुन्छ।’

उक्त भनाइको पृष्ठभूमिमा रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा कतिपय सहभागी फर्किएनन् भन्ने समाचार उल्लेख गर्दै सरकारलाई प्रश्न उठाएकी थिइन्।

त्यसप्रति प्रतिक्रिया दिँदै लेखकले भने, ‘अनुमानका आधारमा असत्यका पुलिन्दा बाँधेर केही हुँदैन। को को फर्किएन भन्ने हो भने नामसहित भनिदिनुस्, हामीलाई पनि थाहा हुन्छ।’

पूर्वगृहमन्त्री लामिछानेको भूतकालतर्फ संकेत गर्दै उनले थपे, ‘उहाँ कुनै समय भिजिटरकै रुपमा अमेरिका जानु भएको थियो रे। भिजिट भिसामा गएर त्यही देशको नागरिक भएर बस्न पाइन्छ कि पाइँदैन, त्यो सबैले बुझ्न जरुरी छ।’

प्रधानमन्त्री ओलीलाई लक्षित गरी बिनाप्रमाण आरोप लगाइएको भन्दै लेखकले सचेत गराए । ‘प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गरेर विदेश जानु भएको हो। उहाँबारे अनर्गल र असत्य कुरा गर्नु ठीक होइन’, उनले भने ।

गृहमन्त्री लेखकले रास्वपा सांसदहरूलाई नैतिकताको कुरा नसिकाउन पनि भनेका छन् । ‘नैतिकताको कुरा गर्नु छ भने, त्यो आफैँबाट सुरु गर्नु राम्रो हुन्छ। मैले उठाएको प्रश्नको जवाफ दिनुहोस्, अनि अर्को प्रश्न उठाउनुहोस्’, उनले भने ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ११ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल