पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण « Khabarhub

पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मंगला गाउँपालिका-२ स्थित घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण भएको छ । 

सल्यानको फेदीमा रहेको घुरेनीको मुहानबाट कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर विसं २०६७ मा सिम-कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो । घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको बताए । 

‘नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिँचाइ गर्न साह्रै समस्या भएको थियो’, उनले भने, ‘यसपालि नहर पुनर्निर्माण भएपछि समयमा रोपाइँ गर्नुका साथै हिउँदेबालीमा सिँचाइ गर्न सहज भएको छ ।’

पाइपमा पर्याप्त पानी नआउने र कच्ची नहरमा पानी सोसिने अर्को समस्या पनि थियो । 

आयोजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए । एक हजार ७०० मिटर पक्की नहर निर्माण भएको बताउँदै उनले मुख्य नहरका शाखा नहरहरू पनि निर्माण भएका उल्लेख गरे। 

 एक करोड ३३ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि विसं २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । एक वर्षको ठेक्का अवधि भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो । 

गत आर्थिक वर्ष २०८०-८१ मा १० लाख बजेट विनियोजन भएको योजनाका लागि एक करोड ३३ लाख बराबरको स्रोत सुनिश्चितता गराएर बहुवर्षीय ठेक्का लगाइएको डिभिजनल इञ्जिनियर ओझाले बताए। 

कोत्रवाङ र सिमको बीचमा बाँकी रहेको सिँचाइ योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आवका लागि पाँच लाख विनियोजन भएको छ । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५८ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक