युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन « Khabarhub

युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको सुरक्षास्थिति स्थिर भएको उल्लेख गर्दै रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको जनाएको छ ।

इजरायलसँगको दुई सातालामो द्वन्द्वका क्रममा सुरक्षास्थितिलाई मध्यनजर गर्दै रूसले तेहरानस्थित दूतावासबाट सेवा बन्द गरेको थियो । गत जुन १५ मा इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचनाका साथै आवासीय क्षेत्रमा अकस्मात् हवाई आक्रमण चलाएपछि उक्त मिसनले कन्सुलर सेवा बन्द गरेको थियो ।

उक्त आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी इरानीको मृत्यु भएको थियो ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नियमित पत्रकार सम्मेलनमा स्थिति ‘केही स्थिर’ भएको बताउँदै तेहरानस्थित रुसी दूतावासको कन्सुलर सेवा सामान्य अवस्थामा सञ्चालन गरिएको बताए। 

यद्यपि, उनले रुसी नागरिकलाई इरानको भ्रमण गर्दा सावधानी अपनाउन र सतर्क रहन पनि आग्रह गरेका छन् ।  

मस्कोले तेहरानलाई महत्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि आफ्नो साझेदार इरानको द्वन्द्वमा कुनै संलग्नता भने देखाएन । 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ०२ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले