युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन « Khabarhub

युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको सुरक्षास्थिति स्थिर भएको उल्लेख गर्दै रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको जनाएको छ ।

इजरायलसँगको दुई सातालामो द्वन्द्वका क्रममा सुरक्षास्थितिलाई मध्यनजर गर्दै रूसले तेहरानस्थित दूतावासबाट सेवा बन्द गरेको थियो । गत जुन १५ मा इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचनाका साथै आवासीय क्षेत्रमा अकस्मात् हवाई आक्रमण चलाएपछि उक्त मिसनले कन्सुलर सेवा बन्द गरेको थियो ।

उक्त आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी इरानीको मृत्यु भएको थियो ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नियमित पत्रकार सम्मेलनमा स्थिति ‘केही स्थिर’ भएको बताउँदै तेहरानस्थित रुसी दूतावासको कन्सुलर सेवा सामान्य अवस्थामा सञ्चालन गरिएको बताए। 

यद्यपि, उनले रुसी नागरिकलाई इरानको भ्रमण गर्दा सावधानी अपनाउन र सतर्क रहन पनि आग्रह गरेका छन् ।  

मस्कोले तेहरानलाई महत्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि आफ्नो साझेदार इरानको द्वन्द्वमा कुनै संलग्नता भने देखाएन । 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ०२ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल