खानेपानीको माग गर्दै सुकुम्वासीले घेरे केयूकेएलको कार्यालय « Khabarhub

खानेपानीको माग गर्दै सुकुम्वासीले घेरे केयूकेएलको कार्यालय


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै धर्ना दिएका छन् । 

बुधबार सुकुम्वासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सुकुम्वासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरूले यसअघि ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । 

त्यसको केही दिनमा पत्रकार सम्मेलन गर्दै सरकारले यथाशीघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय घेराउ गर्नुपरेको सुकुम्वासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् ।

सहभागीहरूले हात हातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देऊ भन्दै कार्यालय घेराउ गरेका छन् । उनीहरूले सरकारका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् । 

‘हामी सुकुम्वासीहरू एक होऔँ, सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर, भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जाको व्यवस्था गर, विभेदकारी विद्युत् महसुल दर खारेज गर, जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर, गरिब दलितलाई आवासको व्यवस्था गर, आम सुकुम्वासी संघर्ष समिति – जिन्दाबाद, आम जनता जिन्दाबाद – जिन्दाबाद, आम जनता पार्टी – जिन्दाबाद,’ लगायतका नारा उनीहरूले लगाएका छन् । 

‘आजको २१औं शताब्दीमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आजदेखी अनिश्चितकालिन धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौँ । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्वासी संघका अध्यक्ष विकले भने । 

यसअघि सुकुम्वासी बस्तीमा खानेपानी उपलब्ध गराउन माग गर्दै संघले गत जेष्ठ २६ गते काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको थियो । सुकुम्वासी बस्तीमा खानेपानी उपलब्ध गराउँन गठित समितिका सचिवालय सदस्यहरुमा अमर लिम्बु, एमडी सतार, बिन्दा कोटल, रन्जु कुमारी शाह, उपेन्द्र शाह, देवेन्द्र ठाकुर, देव कुमारी साह र सुरेश शाह लगायतको धर्ना कार्यक्रममा सहभागिता रहेको छ । 

सरकारले यसबारेमा गम्भीर हुनुपर्ने माग समेत उनीहरूले गरेका छन् । सरकारको गैर जिम्मेवार कार्यले सुकुम्वासी बस्तीमा बस्नेहरूले खानेपानी नपाएको भन्दै उनीहरूले सरकारको आलोचना समेत गरेका छन् । न्युजकारखानाबाट साभार

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ०५ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति