विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र | Khabarhub Khabarhub

विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ प्रमाणपत्र पाएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस/आईएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्याय सम्पादन भन्दा पनि प्रशासनको कार्य मूल्याङ्कनका आधारमा आईएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए । 

आईएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्ततुरुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए । अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए  ।

विशेष अदालतले चालू आर्थिक वर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फर्छ्यौट भइसकेको जानकारी  गराएको छ । 

जसमा लक्ष्य अनुसारको फर्छ्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए ।

आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरी डिजिटल फाइल बनाउने, कानूनको म्यादभित्र मुद्दा फर्छ्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ४५ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार