महिला फुटबल कप्तानबारे विवादमा एन्फाको जवाफ- प्रशिक्षकले नाम नपठाएपछि रेनुकालाई बनायौँ « Khabarhub

महिला फुटबल कप्तानबारे विवादमा एन्फाको जवाफ- प्रशिक्षकले नाम नपठाएपछि रेनुकालाई बनायौँ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरुले कप्तानको नाम पठाउनु परेको बताइन्।

टिम व्यवस्थापक सरिलाले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफैँले सिनियारिटीका आधारमा रेनुकालाई कप्तान बनाइएको दाबी गरिन् ।

‘खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो। ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौँ’ उनले भनिन् ।

खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइदिएको सरिलाले बताइन् ।

छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो । सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिए पनि त्यसको एक घण्टा नबित्दै सावित्री भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ३५ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन