अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत « Khabarhub

अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन् । 

संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ’, उनले भने ।

साना कर्जाका ग्राहक झन्झटमा, ठूला कर्जाका लागि प्राथमिकता

डा. महतले बैंकहरूले साना कर्जा लिनेहरूलाई झन्झटमा पारिरहेको र ठूला कर्जालाई प्राथमिकता दिएकोप्रति आपत्ति जनाए। ‘यो मानसिकता उल्ट्याउनुपर्छ’, उनले भने । 

कृषि विकास बैंकको उद्देश्य नै अहिले बिग्रिएको उनले बताए। ‘हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्’, उनले आलोचना गरे ।

कृषि क्षेत्र उपेक्षित, युवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता 

उनका अनुसार कृषि क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतभन्दा तल झरेको छ र त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग भएको छैन। वैदेशिक अनुभव लिएर फर्किएका युवाहरू, प्रविधि प्रयोग गर्ने किसानहरूलाई प्राथमिकता दिने मौद्रिक र वित्तीय नीति ल्याउनुपर्ने उनको तर्क थियो ।

बैंक र व्यवसायीबीच हितसंघर्ष, पारदर्शिता जरुरी

‘बैंकहरू र व्यवसायीहरूबीच हितसंघर्ष देखिएको छ’, महतले भने, ‘लगानीकर्ता आफैँ व्यवसायी छन्, यस्तो अवस्थामा पारदर्शिता र नियमनमा सन्तुलन जरुरी छ।’

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएकोप्रति आपत्ति जनाउँदै भने, ‘बैंकलाई कुनै समस्या छैन भने राष्ट्र बैंकले यस्तो निर्देशन दिनु अस्वाभाविक हो।’

रियल स्टेटमा असन्तुलित लगानी, यथार्थ स्विकार्न आग्रह

‘रियल स्टेट क्षेत्रमा अनावश्यक लगानी हुँदा मूल्य घट्नु स्वाभाविक हो’, महतले भने, ‘तर लगानीकर्ताहरू घाटा मान्न तयार छैनन्। नीति बनाउँदा यथार्थ स्विकार्न सक्नुपर्छ ।’

उनले बजेटको साइजभन्दा कुशल कार्यान्वयन महत्त्वपूर्ण भएको उल्लेख गरे। ‘५ प्रतिशत ऋण सीमा १० प्रतिशत बनाउने भनिँदै छ, तर रकम कुशलतापूर्वक खर्च नभए संकट झन् बढ्छ’, महतले भने ।

उनका अनुसार सामाजिक क्षेत्रमा गरिने अत्यधिक खर्च प्रतिफलमुखी छैन। ‘कागज बनाउनेलाई बढी दिइन्छ, तर किसान, उत्पादक वर्ग उपेक्षित छन्’, उनले भने ।

सेयर बजारको नियमन कमजोर रहेको र कमजोर कम्पनीका सेयर मूल्य बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘अब उत्पादन क्षेत्रमा काम गर्ने, वास्तविक लगानीकर्तालाई सहुलियत दिने नीति आवश्यक छ’, महतले स्पष्ट पारे ।

अन्त्यमा डा. महतले कस्टम ड्युटीमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सुझाव दिए । ‘कृषि र म्यानुफ्याक्चरिङमा स्वदेशी उत्पादन बढाउने ठाउँमा कस्टम ड्युटी बढाउनु आवश्यक छ’, उनले भने ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ३७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक