सुदेश पराजुली भन्छन्- रामकुमारीलाई बाजा बजाएर एमालेमा भित्र्याए हुन्छ « Khabarhub

सुदेश पराजुली भन्छन्- रामकुमारीलाई बाजा बजाएर एमालेमा भित्र्याए हुन्छ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई बाजा बजाएर नेकपा एमाले भित्र्याउन भनेका छ्न ।

अध्यक्ष माधवकुमार नेपालनिकट पराजुलीले नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटालाई जवाफ फर्काउँदै यस्तो बताएका हुन् ।

स्थायी कमिटी सदस्य झाँक्रीलाई कारबाहीदेखि निष्कासनसम्मको तयारीसहित एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको प्रसंगमा बास्कोटाले हिजो (नेकपा कालमा) ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरूले आज मुखमा पट्टी टाँस्न खोजेको टिप्पणी गरेका थिए।

बास्कोटाले ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम’ भन्दै ‘हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु’ भनेर टिप्पणी गरेका थिए ।

बास्कोटाको यो टिप्पणीपछि पराजुलीले त्यस्तो सहानुभूति भए आफ्नो भन्दा ठूलो पद दिएर झाँक्रीलाई पार्टीमा स्वागत गर्न भनेका हुन्।

‘माया, दया, सद्भाव, सहानुभूति भए आफ्नो पदभन्दा ठूलो पद दिएर बाजागाजासहित स्वागत गरे भयो नि’, उनले भनेका छन्, ‘बेलाको बोलीमा हिम्मत र समर्थन हुन्छ । कु-बेलाको बोली, दृष्टिकोण, व्यवहारमा घृणा, तिरस्कार र विरोध हुन्छ ।’

झाँक्रीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई सिनोको संज्ञा दिँदै अब बोक्न नसकिने बताएपछि विवादमा छिन् । उनलाई समाजवादीले मंगलबार मात्रै एक साताको समय दिएर स्पष्टीकरण सोधेको छ । यदि चित्तबुझ्दो जवाफ नदिए निष्कासनसम्मको तयारी समाजवादीले गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५५ बजे

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु