‘गलवान’पछि सलमानको डबल धमाका: पिरियड थ्रिलर र ‘बजरंगी भाईजान’ को सिक्वेल चर्चामा « Khabarhub

‘गलवान’पछि सलमानको डबल धमाका: पिरियड थ्रिलर र ‘बजरंगी भाईजान’ को सिक्वेल चर्चामा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान अहिले आफ्नो आगामी फिल्म ‘गलवान’ को तयारीमा छन् । फिल्म ‘गलवान’ अपूर्व लाखियाको निर्देशनमा निर्माण हुँदैछ। यो फिल्म गलवान उपत्यकाको संघर्षमा आधारित छ र त्यसको वास्तविक घटनालाई पहिलो पटक पर्दामा उतार्ने प्रयास गरिएको छ। सलमान यस महिनाको अन्त्यतिर लदाख जाने तयारीमा छन्, जहाँ करिब ३० दिनको निरन्तर छायांकन हुने कार्यक्रम तय गरिएको छ।

गलवान सुरु हुनु अघि नै सलमानले केही भविष्यका नयाँ प्रोजेक्टहरूमा पनि ध्यान दिइरहेका छन्।

भारतीय मिडिया अनुसार, सलमानले चर्चित मलयालम निर्देशक महेश नारायणनसँग हालसम्म चार–पाँच पटक भेटघाट गरिसकेका छन्। पछिल्लो भेट एक हप्ता अघि मुम्बईमा भएको थियो।

पिंकविलाको रिपोर्ट अनुसार, “सलमान र महेशले विभिन्न अवधारणामा छलफल गरेका छन्, र सलमानले एउटा पिरियड थ्रिलर–एक्शन फिल्मलाई स्वीकृति दिएका छन्।”

यो फिल्म १९७० देखि १९९० को दशकबीचको समयमा आधारित हुने जनाइएको छ। महेश चाँडै नै फिल्मको सम्पूर्ण स्क्रिप्ट लिएर प्रस्तुत हुने तयारीमा छन्। रिपोर्टले थप उल्लेख गर्छ, “यो एक यस्तो भूमिका हो जुन सलमानले अहिलेसम्म निभाएका छैनन्, त्यसैले यो उनको लागि नयाँ अनुभव हुनेछ।”

यत्तिमै सलमानको योजना सकिएको छैन। उनी ‘बजरंगी भाईजान’ निर्देशक कबीर खानसँग पनि नयाँ प्रोजेक्टको तयारीमा छन्। पिंकविला को रिपोर्ट अनुसार, सलमान र कबीर बिच विभिन्न विधामा छलफल भइरहेको छ — जसमा स्टाइलिस एक्शन थ्रिलर, गम्भीर सामाजिक ड्रामा र ुबजरंगी भाईजानु को सम्भावित सिक्वेल पनि समावेश छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ५४ बजे

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल