सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउँदै | Khabarhub Khabarhub

सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउँदै


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने जनै बनाउने प्रचलन हराउँदै जान थालेको छ । हिजोआज जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

युवापुस्ता रोजगारी तथा अन्यकार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न नसक्दा अहिले यो सीप नै लोप हुने अवस्थामा पुगेको हो । युवापुस्ताले जनै बनाउनेकार्यमा चासो नदिने तथा सुलभ मूल्यमा बजारमा जनै पाइने भएकाले यो क्रम हराउँदै गएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–६ का पूर्ण भुसालले बताए ।

‘अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सिप नहुँदा हिजो आज यो क्रम हराउँदै गएको छ’, उनले भने, ‘आफैँले बनाउनुभन्दा बजारमा किन्न सजिलो हुने भएपछि सबैले त्यसै गर्न थालेका छन् ।’

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको मध्यविन्दु नगरपालिका–७ का मणि सापकोटाले बताए ।

‘आजकाल अधिकांश युवा विदेश छन्, भएका पनि रोजगारीमा लागेका छन् । फुर्सद् नहुँदा नयाँ युवाले जैनै बनाउने सिप नै सिक्न छाडे’, उनले भने, ‘अधिकांश गाउँघरमा युवा पुस्ताभन्दा वृद्ध वृद्धा र महिला बालबालिका मात्र हुँदा पनि जनै बनाउने मान्छे पनि नभएर यो सिप हराउँदै गयो ।’

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको सापकोटाले बताए । जनै पूर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यताअनुसार जनै पूर्णिमाको लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ ।

विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको पण्डित इन्द्रप्रसाद गौडेलले बताए ।

‘आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो’ उनले भने, ‘भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।’

पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित गौडेलले गुनासो गरे ।

‘रक्षा बन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ’, उनले भने,
‘आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।’

जनै पूर्णिमा (रक्षा बन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षा बन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रही आएको छ । (रासस)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : १३ बजे

महन्थ ठाकुरको गुनासो- थारू र मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता