तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल आजदेखि « Khabarhub

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल आजदेखि


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिमले विदेशी खेलाडीसहित प्रतिस्पर्धा गर्नेछन् । आजको विजेताले सोमबार हुने भारत र काठमाडौंबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।

भारतको एकसहित नेपालका चार वटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

क्वाटर फाइनल चरणका चार वटा खेलहरूका लागि १००, सेमिफाइनलमा २०० र फाइनलमा २५० रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । मैदानमा करिब नौ हजार बढी दर्शक अटाउने गरी बाँसबाट प्यारापिट बनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ०७ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा