ऐतिहासिक अन्तरिक्ष यात्री लोभेलको निधन « Khabarhub

ऐतिहासिक अन्तरिक्ष यात्री लोभेलको निधन


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको छ। पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि उनले सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।

लोभेल र उनका दुई साथी अन्तरिक्ष यात्री सफलता पूर्वक प्रशान्त महासागरमा यानलाई खसालेर सुरक्षित भएको दृश्य टेलिभिजनमा लाखौँ जनाले हेरेका थिए। अन्तरिक्ष विज्ञानलाई सो घटना सम्झन लायक घटनाको रूपमा हेरिएको छ।

दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए। उनले दुवै पटक पाइला टेक्न भने पाएनन्। नासाका सहायक प्रमुख सियन डफीले लोभेलको योगदान अन्तरिक्ष विज्ञानमा सधैँ सम्झना योग्य रहने बताए।
र्चाल्स लिन्डबर्गले एटलान्टिक महासागरको ऐतिहासिक यात्रा गरेको एक वर्षपछि २५ मार्च १९२८ मा जेम्स अर्थर लोभलको जन्म भएको थियो। ६ वर्षको हुँदा उनको बाबुको कार दुर्घटनामा ज्यान गएको थियो। आमा ब्लान्चले कठिन मेहनत गरेर उनलाई हुर्काएकी हुन्।

दोस्रो विश्व युद्धमा अमेरिकालाई हवाई सेनाको आवश्यकता परेको थियो। रकेट बनाउनका लागि नभई अमेरिकाले विमान उडाउनका लागि हवाई पाइलट खोजेको थियो। त्यसपछि उनले सेनाकै खर्चमा कलेज तहको अध्ययन गरेका हुन्। त्यसको केही समयपछि कोरिया युद्ध सुरु भएको थियो। उनका धेरै साथी कोरिया गए पनि उनले कलेजमा अध्ययनको अवसर पाएका थिए।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ०३ बजे

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा