अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री « Khabarhub

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् ।

उनहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सो यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् ।

स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो, जसअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ ।
 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  २ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली