पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह « Khabarhub

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ । सिन्ध प्रान्तमा गरिएको शोधका क्रममा यस्तो भेटिएको हो ।

सिन्ध बाल मजदुर सर्वेक्षणका अनुसार १६ लाख बालबालिका विभिन्न किसिमका श्रममा आबद्ध छन् । सिन्धको श्रम विभागले गरेको सर्वेक्षणमा तीमध्ये आधा मजदुर खतरनाक श्रम गर्न बाध्य रहेको देखिएको छ ।

सिन्धका श्रम महानिर्देशक मुहम्मद अली शाहले सर्वेक्षणको प्रतिवेदन प्रान्तीय सरकारसमक्ष बुझाइएको जानकारी दिएका छन् ।

सर्वेक्षणका अनुसार श्रम गर्नेमध्ये केबल ४० दशमलब ६ प्रतिशत बालबालिका मात्रै विद्यालय जाने गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार गरिब परिवारका बालबालिका सबैभन्दा धेरै श्रम गर्छन् ।

सर्वेक्षणका अनुसार सबैभन्दा गरिबमध्ये ३३.७ प्रतिशत परिवारका कम्तीमा एक जना बालबालिका श्रम गर्न बाध्य छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको