नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ « Khabarhub

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट उक्त परिणामको लागूऔषधसहित मकवानपुर थाहा नगरपालिका-२ दामनका ३२ वर्षीय किरण तामाङ शुक्रबार बिहान पक्राउ परेका हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङ्कक जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीको भनाइ छ ।

यसैगरी काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाइट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाइजेपाम ७ सय ३० एम्पुलसहित भारत सितामणी बस्ने ४० वर्षीय इम्तीयाज राइन खानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित अब्रोज जागालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका-६ केचुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र स्पास्मो १२ ट्याब्लेट सहित सोही नगरपालिका-६ कालिखोला बस्ने २७ वर्षीय अशोक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाटका अनुसार रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको स.१ प ८९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया