नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ « Khabarhub

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट उक्त परिणामको लागूऔषधसहित मकवानपुर थाहा नगरपालिका-२ दामनका ३२ वर्षीय किरण तामाङ शुक्रबार बिहान पक्राउ परेका हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङ्कक जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीको भनाइ छ ।

यसैगरी काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाइट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाइजेपाम ७ सय ३० एम्पुलसहित भारत सितामणी बस्ने ४० वर्षीय इम्तीयाज राइन खानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित अब्रोज जागालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका-६ केचुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र स्पास्मो १२ ट्याब्लेट सहित सोही नगरपालिका-६ कालिखोला बस्ने २७ वर्षीय अशोक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाटका अनुसार रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको स.१ प ८९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३३ बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा