एनपीएल अक्सन सुरु : सन्तोष कार्की ‘अनसोल्ड’, देव चितवनमा अनुबन्ध « Khabarhub

एनपीएल अक्सन सुरु : सन्तोष कार्की ‘अनसोल्ड’, देव चितवनमा अनुबन्ध


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति अक्सन सुरु भएको छ । शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा प्रतियोगिताका कुल आठ टिमका ३८ स्लट छन् ।

अक्सनमा कुल तीन क्याटागोरी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर पछि १४ खेलाडी थपिएका छन् ।

यसैबीच दोस्रो संस्करणका निम्ति सुरु भएको अक्सनबाट राष्ट्रिय टिमबाट समेत खेलिसकेका देव खनाललाई चितवन राइनोजले अनुबन्ध गरेको छ । पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए ।

देवका निम्ति लुम्बिनी लायन्स र चितवन राइनोजले ‘ए’ क्याटागोरीमा अधिकतम बोली १५ लाख लगाएका थिए । ‘लक्की ड्र’ मार्फत् उनी चितवनको पक्षमा गएका छन् । यसअघि पहिलो नम्बरमै आएका सन्तोष कार्की ‘अनसोल्ड’ भएका हुन् । दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ०४ बजे

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा