एनपीएल अक्सन सुरु : सन्तोष कार्की ‘अनसोल्ड’, देव चितवनमा अनुबन्ध | Khabarhub Khabarhub

एनपीएल अक्सन सुरु : सन्तोष कार्की ‘अनसोल्ड’, देव चितवनमा अनुबन्ध


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति अक्सन सुरु भएको छ । शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा प्रतियोगिताका कुल आठ टिमका ३८ स्लट छन् ।

अक्सनमा कुल तीन क्याटागोरी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर पछि १४ खेलाडी थपिएका छन् ।

यसैबीच दोस्रो संस्करणका निम्ति सुरु भएको अक्सनबाट राष्ट्रिय टिमबाट समेत खेलिसकेका देव खनाललाई चितवन राइनोजले अनुबन्ध गरेको छ । पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए ।

देवका निम्ति लुम्बिनी लायन्स र चितवन राइनोजले ‘ए’ क्याटागोरीमा अधिकतम बोली १५ लाख लगाएका थिए । ‘लक्की ड्र’ मार्फत् उनी चितवनको पक्षमा गएका छन् । यसअघि पहिलो नम्बरमै आएका सन्तोष कार्की ‘अनसोल्ड’ भएका हुन् । दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ०४ बजे

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर

रास्वपा सार्वजनिक मामिला विभागका सचिवमाथि अक्रमण

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सार्वजनिक मामिला विभागका सचिव

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन

प्रभु केबलकारको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको संस्थापक शेयर बिक्रीमा

शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले बिहीबरबाट हकप्रद सेयर बिक्री सुरु