पाकिस्तानको खैबर पख्तुनख्वामा अशान्ति र असुरक्षा बढेकोमा स्थानीय चिन्तित « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा अशान्ति र असुरक्षा बढेकोमा स्थानीय चिन्तित


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अशान्ति असुरक्षा बढेको भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । पाकिस्तानी सेनाले सञ्चालन गरेको सैन्य कारबाहीले अशान्ति बढाएको उनीहरुको भनाइ छ ।

कश्मीर ब्रेकिङ न्यूजका अनुसार आतंकवादी गतिविधि नियन्त्रण गर्न भन्दै सरकारले हाल सो क्षेत्रमा सैन्य अभियानले सञ्चालन गरिरहेको छ । प्रान्तको बान्नु र उत्तर वजिरिस्तानजस्ता क्षेत्रमा सैन्य कारबाही तीव्र भएसँगै हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । त्यसैगरी, कारवाही चर्किएसँगै नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध पनि खराब बन्न थालेको छ ।

स्थानीयहरूले सैन्य कारबाहीका कारण आफ्नो दैनिक जीवन, व्यवसाय र सुरक्षामा गम्भीर असर परेको गुनासो गरेका छन् । सैन्य अभियानका क्रममा बम विस्फोट र गोलीबारीका घटनाले नागरिकको ज्यान जोखिममा परेको छ ।

मानवअधिकार संगठनहरूले सैन्य कारबाहीमा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । प्रान्तीय सरकारले शान्ति कायम गर्न वार्ता र समन्वयको प्रयास गरिरहेको दाबी गरेको छ । तर स्थानीय बासिन्दाले सरकारको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन् ।

सैन्य कारबाहीले आतंकवादी समूहलाई कमजोर बनाए पनि नागरिक जीवनमा परेको असरले दीर्घकालीन सामाजिक र आर्थिक संकट निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । स्थिति नियन्त्रणमा ल्याउन सरकारमाथि दबाब बढ्दो छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : १२ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको