पाकिस्तानको खैबर पख्तुनख्वामा अशान्ति र असुरक्षा बढेकोमा स्थानीय चिन्तित « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा अशान्ति र असुरक्षा बढेकोमा स्थानीय चिन्तित


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अशान्ति असुरक्षा बढेको भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । पाकिस्तानी सेनाले सञ्चालन गरेको सैन्य कारबाहीले अशान्ति बढाएको उनीहरुको भनाइ छ ।

कश्मीर ब्रेकिङ न्यूजका अनुसार आतंकवादी गतिविधि नियन्त्रण गर्न भन्दै सरकारले हाल सो क्षेत्रमा सैन्य अभियानले सञ्चालन गरिरहेको छ । प्रान्तको बान्नु र उत्तर वजिरिस्तानजस्ता क्षेत्रमा सैन्य कारबाही तीव्र भएसँगै हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । त्यसैगरी, कारवाही चर्किएसँगै नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध पनि खराब बन्न थालेको छ ।

स्थानीयहरूले सैन्य कारबाहीका कारण आफ्नो दैनिक जीवन, व्यवसाय र सुरक्षामा गम्भीर असर परेको गुनासो गरेका छन् । सैन्य अभियानका क्रममा बम विस्फोट र गोलीबारीका घटनाले नागरिकको ज्यान जोखिममा परेको छ ।

मानवअधिकार संगठनहरूले सैन्य कारबाहीमा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । प्रान्तीय सरकारले शान्ति कायम गर्न वार्ता र समन्वयको प्रयास गरिरहेको दाबी गरेको छ । तर स्थानीय बासिन्दाले सरकारको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन् ।

सैन्य कारबाहीले आतंकवादी समूहलाई कमजोर बनाए पनि नागरिक जीवनमा परेको असरले दीर्घकालीन सामाजिक र आर्थिक संकट निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । स्थिति नियन्त्रणमा ल्याउन सरकारमाथि दबाब बढ्दो छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : १२ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको