एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा « Khabarhub

एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टिम चितवन राइनोजले अर्जुन साउदलाई भित्र्याएको छ भने अभिशेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनको क्याटेगोरी ‘ए’ मा रहेका अर्जुनलाई चितवनसँगै कर्णाली याक्स र विराटनगर किंग्सले अधिकतम १५ लाख रुपैयाँ बोली लगाएका थिए ।

लक्की ‘ड्र’ मार्फत् उनी चितवन राइनोजमा पुगेका हुन् । यस्तै ४५ नम्बरमा आएका क्याटोगरी सीका अभिशेक तिवारी
पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । १३३ नम्बरमा आएका अविनाश कर्ण जुनियर र ६० नम्बरमा आएका निर्मल गुरुङ क्याटेगोरी सीमा थिए । उनी अनसोल्ड रहे । काठमाडौं गोर्खाबाट खेलेका सी क्याटेगोरीमै रहेका विपीन न्यौपानेसमेत अनसोल्ड
रहे ।

यसै गरी फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले दिलिप थानलाई अनुबन्ध गरेको छ । क्याटेगोरी ‘ए’ मा रहेका दिलिपलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको हो । दिलिपका लागि लुम्बिनीले मात्रै बोली लगाएको थियो । उनी १० लाख रुपैयाँमा अनुबन्ध भएका हुन् ।

एनपीएलको पहिलो संस्करण दिलिपले पोखरा एभेन्जर्सबाट खेलेका थिए । पोखराले दिलिपलाई रिलिज गरेपछि दोस्रो संस्करणका लागि अक्सनको क्याटेगोरी ‘ए’ मा परेका थिए । दिलिपले घरेलु क्रिकेट विभागीय टिम नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ४१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको