एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा « Khabarhub

एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टिम चितवन राइनोजले अर्जुन साउदलाई भित्र्याएको छ भने अभिशेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनको क्याटेगोरी ‘ए’ मा रहेका अर्जुनलाई चितवनसँगै कर्णाली याक्स र विराटनगर किंग्सले अधिकतम १५ लाख रुपैयाँ बोली लगाएका थिए ।

लक्की ‘ड्र’ मार्फत् उनी चितवन राइनोजमा पुगेका हुन् । यस्तै ४५ नम्बरमा आएका क्याटोगरी सीका अभिशेक तिवारी
पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । १३३ नम्बरमा आएका अविनाश कर्ण जुनियर र ६० नम्बरमा आएका निर्मल गुरुङ क्याटेगोरी सीमा थिए । उनी अनसोल्ड रहे । काठमाडौं गोर्खाबाट खेलेका सी क्याटेगोरीमै रहेका विपीन न्यौपानेसमेत अनसोल्ड
रहे ।

यसै गरी फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले दिलिप थानलाई अनुबन्ध गरेको छ । क्याटेगोरी ‘ए’ मा रहेका दिलिपलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको हो । दिलिपका लागि लुम्बिनीले मात्रै बोली लगाएको थियो । उनी १० लाख रुपैयाँमा अनुबन्ध भएका हुन् ।

एनपीएलको पहिलो संस्करण दिलिपले पोखरा एभेन्जर्सबाट खेलेका थिए । पोखराले दिलिपलाई रिलिज गरेपछि दोस्रो संस्करणका लागि अक्सनको क्याटेगोरी ‘ए’ मा परेका थिए । दिलिपले घरेलु क्रिकेट विभागीय टिम नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ४१ बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक