विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाजको प्रवेशपछि फिलिपिन्स चिन्तित « Khabarhub

विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाजको प्रवेशपछि फिलिपिन्स चिन्तित


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाज प्रवेश गरेपछि फिलिपिन्सले चिन्ता व्यक्त गरेको छ । फिलिपिन्सको तट रक्षक बलले विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्र वटा चिनियाँ अनुसन्धान जहाजहरू फेला परेको जनाएको हो ।

चीनले ती जहाजहरु अनुमतिबिना आफ्नो सार्वभौमिकता रहेको समुद्री क्षेत्रमा सञ्चालन गरेको भन्दै तट रक्षक बलले चिन्ता पनि व्यक्त गरेको छ । फिलिपिनी तट रक्षक बलका प्रवक्ता कमोडोर जे टारिएलाले पश्चिमी लुजोन नजिकै चीनले दुई जहाजहरु झुहाइयुन र सियाङ याङ होङ १० सञ्चालन गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, जाम्बालेस क्षेत्रको पश्चिमतर्फ बेइ डियाओ ९९६ नामक अर्को चिनियाँ जहाज पनि सञ्चालन भइरहेको भेटिएको थियो । यी जहाजहरूले समुद्रमा वैज्ञानिक अनुसन्धान (एमएसआर) गरिरहेको आशंका गरिएको छ । इन्क्वायरर डट नेटका अनुसार झुहाइयुन र सियाङ याङ होङ १० नामक जहाजहरु जुलाई २५ मा फिलिपिन्सको जलक्षेत्रमा प्रवेश गरेका थिए ।

बेइ डियाओ ९९६ भने जुलाई २३ मा फिलिपिन्सको जलक्षेत्रमा देखिएको थियो । यी जहाजहरूले अनधिकृत रूपमा समुद्री अनुसन्धान गरेको हुनसक्ने अनुमान गरिएको छ ।

फिलिपिन्सको समुद्री क्षेत्रमा पछिल्लो समय चीनले आफ्नो नौसैनिक गतिविधि बढाइरहेको छ । दक्षिण चीन सागरमा पर्ने यस समुद्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ५० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक